२६ जेठ, २०७४ । बलिउड अभिनेत्रीहरुको वारम्बार विश्वकै कामुक नारीका रुपमा घोषित हुँदै आएका छन् । यसै क्रममा फेरि एक पत्रिकारले दीपिका पादुकोणलाई विश्वकै कामुक अभिनेत्री भनी घोषणा गरेको छ ।
म्याक्सिम नामको अन्तर्राष्ट्रिय म्यागजिनले विश्वभरबाट गराएको सर्वेक्षणका आधारमा विश्वकै हट अभिनेत्री दीपिका भएको घोषणा उसले गरेको छ ।
दीपिकाले केही दिन पहिले आफ्नो इन्स्टाग्राम एकाउण्टमा मेक्सिम फोटोसुटको तस्वीर समेत शेयर गरेकी थिइन् ।

अहिले उनले सुट गरेको दोस्रो तस्विर पनि शेयर गरेकी छन् जसमा उनी कालो रंगको ज्याकेट र ब्रिफ लगाएकी छन् । तस्विरमा उनी सिजलिंग पोजमा देखिएकी छन् ।
दीपिकाले रातो लिपिस्टिक र कालो सेण्डल लगाएकी छन् । शेयर गरेको तस्विरमा दीपिका निकै बोल्ड देखिएकी छन् । साथै सामाजिक सञ्जालमा उनी चर्चाको विषय बनेकी छन् ।
म्याक्सिम पत्रिकाले भने वलिउडकी हाई पेड अभिनेत्री दीपिका सर्वाधिक हटमा पर्नु अनौठो नभएको उल्लेख गरेको छ ।
यो पनि पढ्नुहोस् :
वलिउड नायिका दीपिका भन्छिन् ‘रणवीरले कण्डम धेरै प्रयोग गर्छन्’















