भारतीय सिने उद्योग वलिउडका कलाकारहरु जति चर्चित छन् त्यति नै प्रेम, सेक्स र मस्तीमा रमाउनेको कमी छैन । वलिउड नायक र नायिकाको रोमान्सले भारतीय मिडियामा बारम्बार चर्चा पाउने गर्छ । अझै रोचक त त्यतिबेला हुन्छ जब नायक नायिकाको रियल लाइफ रोमान्समा ब्रेक लाग्छ र दुवैले एकअर्काप्रति व्यङ्ग्य र तितो पोख्दछन् ।
वलिउड कलाकारहरु जति चर्चित भए पनि एकअर्काप्रति त्यति नै इष्र्या पनि गर्दछन् । भनिन्छ नि मानिसले जति झूटो बोल्न खोजे पनि मनमा लागेको कुरा एक न एक दिन खुस्किन्छ भनेर । हो त्यस्तै भएर चर्चित नायक नायिकाका मुखबाट खुस्किएका वास्तविक र रोचक कुराहरु यस्ता छन् :

आमिर खानले अर्का चर्चित नायकलाई होच्याउँदै यस्तो लेखे, – ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ र मैले उसलाई विस्कुट खुवाइरहेको छु । योभन्दा बढी मलाई अरु के चाहियो ? तपाई कुनै परिणाममा निष्कर्षमा पुग्नुअघि म यो पनि बताउँ कि शाहरुख मेरो कुकुरको नाम हो ।’

सेक्सी नायिका दीपिका पादुकोण र रणवीर कपुरको रोमान्समा ब्रेक लागेपछि दीपिकाले एक टेलिभिजन कार्यक्रम ‘कफी विद करण’ मा भनिन्, ‘म रणवीर कपूरलाई कण्डमको डिब्बा उपहार दिन चाहन्छु । उनले कण्डम अत्यधिक धेरै प्रयोग गर्छन् ।’
वलिउड प्ले व्बाय भनेर चिनिने सलमान खानले टेलिभिजन कार्यक्रममै भने- ‘म अहिलेसम्म कुमार नै छु, ‘मैले आफ्नो कमारत्व उसका लागि बचाएर राखेको जससँग मेरो विवाह हुन्छ ।’

यस्तो झुट बोल्ने सलमानलाई करिनाले यस्तो भनेर आलोचना गरिन् – ‘म सलमान खानकी प्रशंसक होइन, मलाई ऊ अलिकति पनि मन पर्दैन । ऊ असाध्यै खराब अभिनेता हो ।’
त्यस्तै अर्की सुन्दरी शर्लिन चोपडाको भनाइ पनि चर्चित छ । उनले भनिन् – ‘यदि मरो वलात्कार हुँदा भारतकी अन्य कुनै केटीको बलात्कार हुँदैन भने म आफ्नो बलात्कार गराउन तयार छु ।’
सिद्धार्थ मल्होत्रा आलिया भट्टलाई होइन दीपिकालाई चुम्बन गर्न चाहन्छन् । उनी भन्छन् – ‘आलियासँग चुम्बन गर्नु दिक्क लाग्दो थियो । म दीपिकालाई चुम्बन गर्न चाहन्छु ।’
स्रोत : भारतीय संचारमाध्यम













