२५ मंसिर, काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण तथा वितरण तथा प्रदर्शन गर्ने गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
उद्धव पौडेल कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष समेत छन्। निकिताले बोर्डको अध्यक्ष बन्न लामो समयदेखि लबिङ गर्दै आएकी थिइन्। निर्वाचनमा पराजित भएर सरकार छाड्न स्थितिमा पुगेको कांग्रेस नेतृत्वको सरकारले निकितालाई बोड अध्यक्षमा नियुक्त गरेको हो ।
चलचित्र विकास बोर्डले चलचित्र निर्माणको दर्ता तथा गर्ने तथा नेपाली चलचित्रको विकासका क्षेत्रमा काम गर्ने भए पनि बोर्डका मुख्य काम चलचित्र हलहरुको करको नियमन गर्नु हो । नेपाली चलचित्रको बजारमा चलचित्र निर्माता र प्रदर्शकबीच सधैं टकराव रहँदै आएको छ । प्रदर्शककै कारण नेपाली चलचित्रमा घाटा व्यहोर्नुपर्ने अवस्था रहेको गुनासो निर्माताहरुको छ । प्रदर्शकहरुले नेपाली चलचित्र सुरुको प्रारम्भिक चरणमा केही दिन प्रदर्शन गरेर उतारिदिने र हिन्दी चलचित्र लगाउने गर्दा निर्माताहरु मारमा पर्दै आएका छन् । प्रदर्शकहरुले नेपाली चलचित्रलाई प्राथमिकता नदिएको भन्दै विगतमा निर्माता संघको नेतृत्वमा आन्दोलन समेत भएको थियो ।
आफै प्रदर्शक रहेको व्यक्ति नेपाली चलचित्रको प्रवद्र्धन गर्ने स्थानमा नियुक्त भएपछि अब नेपाली चलचित्रको अवस्था कस्तो हुने हो भन्ने चिन्ता चलचित्रकर्मीहरुमा देखिएको छ । पौडेलको गोपीकृष्ण चलचित्र भवनकै पछाडिपट्टि चलचित्र विकास बोर्डको भवन रहेको छ ।
आफै हल संचालककी छोरी रहेकी निकिताले अब