५ पुस, काठमाडौं । चिसो बढेसँगै तातो पानीमा नुहाउने सबैको चाहना हुन्छ । राजधानी काठमाडौंमा ह्वात्तै बढेको चिसोका कारण तातो पानीमा नुहाउने र वाफ लिने क्रम पनि बढेको छ । यो अवस्थालाई ध्यानमा राख्दै काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलको रियल थेरापी एण्ड ब्युटी प्वाइन्टले तातो पानी र वाफमा नुहाउन चाहनेका लागि भन्दै आफ्नो सुविधामा पचास प्रतिशतले कमी गरेको छ ।
तातो पानीको पोखरीमा डुबुल्की मारेर नुहाउने (ओफुरो) देखि साउना, वाष्पस्नान र मसाजलगायतका सुविधामा नेपालीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको रियल थेरापीका सञ्चालक भवी शर्माले जानकारी दिए । विद्यार्थीहरुको जाडोको विदालाई लक्षित गरी यो सुविधा दिइएको पनि उनले बताए । शर्माले भने ‘जाडो मौसममा चिसोले सबैलाई सताउँछ, ओफुरो, साउना तथा स्टिममा बस्दा शरीरलाई फाइदा गर्छ । त्यसैले यी सेवामा नेपालीका लागि मात्रै हामीले विशेष छुटको प्याकेज ल्याएका छौं ।’
पछिल्लो समय ओफुरो, साउना तथा स्टिममा नेपालीको आकर्षण बढिरहेको र स्वास्थ्यसँग सम्बन्धित यी सेवाबारे नेपालीहरूलाई जानकारी होस् भन्ने उद्देश्यले पुस र माघ महिनाभर नेपालीलाई सुविधाजनक प्याकेज ल्याएको उनको भनाइ छ ।
तातो पानीको पोखरीमा पौडिएर स्नान गर्ने प्रविधि ओफुरो जापानमा चर्चित छ । यस्तो सेवा नेपालमा रियल थेरापीले मात्रै दिने गरेको दावी उनले गरे ।
मानवस्वास्थ्यका लागि साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा पनि आफूले संचालन गर्दै आएको शर्माले बताए ।
ओफुरो र यसका फाइदा
अफुरो जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचार सेवा हो । जापानमा निकै प्रख्यात ओफुरो जापनीहरु दैनिकजसो बेलुका ३० मिनेटदेखि ६० मिनेटसम्म आफ्नै घरमा ओफुरो लिने गर्छन् । आफ्नो घरमा ओफुरो नहुनेहरु बाहिर स्पा तथा क्लबहरुमा पुग्छन् ।
पछिल्ला वर्षहरुमा ओफुरो विश्वका बिभिन्न देशहरुमा फैलिएको छ । नया“ स्पा र क्लबहरुमा ओफुरो अनिवार्यजस्तै भएको छ । ज्याकुजीस“ग मिल्दोजुल्दो हुने भए पनि ओफुरोमा कुनै बबल्सहरु (पानीका फोका) आउ“दैनन् ।
ओफुरोमा पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्री सेल्सियस हुन्छ । ग्राहकले चाहेअनुसार यसको तापक्रम घटबढ गर्न सकिन्छ । नेपालमा पहिलो पटक जापानी प्रविधिबाट बनेको ओफुरोबाट ढाड दुख्ने, ज्वाइन्ट पेन, सुगर, युरिक एसिड, प्रेसर, तौल घटाउने, मस्कुलर पेनजस्ता रोगको उपचार हुन्छ । यो सेवा १० वर्षभन्दा माथि उमेरका सबैले लिन सक्छन् ।
ओफुरो गर्न रियल थेरापी एण्ड ब्युटी प्वाइन्टमा आउ“दा फेरफारलगायतका कुनै सामान ल्याउनु पर्दैन । आवश्यकताअनुसार चाहिने सम्पूर्ण सामान आफूहरुले नै उपलब्ध गराउने सञ्चालक शर्माले बताए । यो सेवा लिन चाहने ग्राहकहरु दिउ“सो २ बजेदेखि बेलुकी ८ बजेसम्म आउन सक्छन् । ५ जनाभन्दा माथिको समुह बनाएर आए बुकिङ गरेर बिहान १० देखि बेलुका १० बजेसम्म जतिबेलै सेवा लिन सक्छन् ।