२७ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्य निर्वाचनतर्फ ३३० क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचनमा कुल सिटमध्ये एमालेले १६८ सिटमा जित हासिल गरेको छ। प्रदेश २ बाहेक सवै प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो दल बनेको छ।
दोस्रोमा माओवादीले ७३ र तेस्रो भएको कांग्रेसको ४१ सिट छ। संघीय समाजवादी फोरम २४ सिटसहित चौथो र राजपा १६ सिटसहित पाँचौँ स्थानमा छन्।
प्रदेश १
प्रदेश १ मा एमाले ३६, माओवादी १०, कांग्रेस ८, संघीय समाजवादी फोरम १ र अन्यको १ सिट छ।
प्रदेश २
प्रदेश २ मा फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ तथा अन्यले १ सिटमा जित हासिल गरेका छन्।
प्रदेश ३
प्रदेश ३ मा पनि एमाले पहिलो भएको छ। एमाले ४२, माओवादी १५, कांग्रेस ७, र अन्य २ स्थानमा विजयी भएका छन्।
प्रदेश ४
प्रदेश ४ मा पनि एमाले नै पहिलो भएको छ। एमाले १७, माओवादी ९, कांग्रेस ६, जनमोर्चा २ र अन्य २ स्थानमा विजयी भएका छन्।
प्रदेश ५
प्रदेश ५ मा एमाले २८, माओवादी १४, कांग्रेस ७ र संघीय समाजवादी फोरम ३ सिटमा विजयी भएको छ।
प्रदेश ६
प्रदेश ६ मा एमाले १४, माओवादी ९, कांग्रेस १ क्षेत्रमा विजयी भएको छ। प्रदेश ६ मा कांग्रेसबाट हुम्ला ख’मा पूर्वमन्त्री जीवनबहादुर शाहीले मात्र जित हासिल गरेका हुन्।
प्रदेश ७
प्रदेश ७ मा एमाले १७, माओवादी १०, कांग्रेस ४ र राष्ट्रिय जनता पार्टी नेपाल १ सिटमा विजयी भएको छ।