२१ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ ।
राजकुलोको नालीमा नवजात शिशु ९छोरा० को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए ।
बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको छ ।