२७ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा विजय गच्छदार विजयी भएका छन् । एमाले उम्मेदवार भगवती चौधरीलाई ३२१ मतान्तरले पराजित गर्दै गच्छदार विजयी भएका हुन् । मतगणनाको अन्तिम परिणामअनुसार गच्छदारले ३८९७२ मत ल्याए भने चौधरीले ३८६५१ गरिन् ।
सुनसरी ३ को परिणामसँगै प्रत्यक्षतर्फका सबै स्थानको मतगणना सकिएको छ । अन्तिम स्थानको परिणामसँगै कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ स्थानमा जित हासिल गरेको छ ।