२१ पुस, काठमाडौं । निर्वाचनमा पार्टी पराजय भएपछि राप्रपाका अध्यक्ष कमल थापाले पदबाट राजिनामा दिनुपर्ने माग केन्द्रिय कार्यसमितिले सदस्यहरुले गरेका छन् । राजधानीमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष थापाको राजिनामा माग गरिएको हो।
विहीबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने र नैतिकताका आधारमा उनले राजिनामा दिनुपर्ने माग गरेका हुन्।
नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमासमेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए।
केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको भन्दै उनले राजिनामा दिनुपर्नेमा अधिकांश नेताको माग रहेको जानकारी दिए ।