२१ पुस, काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनउने उद्देश्यले दुई देशका विद्यालयबीच सांस्कृतिक आदानप्रदानका सम्बन्धि सम्झौता भएको छ । चीनको चियाङ्सु राज्यको राजधानी नान्जिङमा यससम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । नान्जिङ म्युसिपालिटीले संचालन गरेको नान्जिङ स्कुल र नेपालको लिट्टिल एन्जेल्स् स्कुलबीच यससम्बन्धि सम्झौता भएको हो । सम्झौतामा नान्जिङ स्कुलकी प्रिन्सिपल लिङ देङ र लिट्टिल एजेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
विश्वका पाँच महादेशसँग चिनियाँ संस्कृति आदानप्रदान गर्नका लागि नान्जिङमा आयोजित समारोहमा सो सम्झौता भएको लिट्टिल एजेल्सका प्रिन्सिपल शर्माले जानकारी दिए । एसिया महादेशभरबाट नेपालको लिट्टिल एन्जेल्स स्कुल छनौटमा परेको समेत उनले बताए । पाँच महादेशबाट नेपाल, वेलायत, क्यानडा, न्युजिल्याण्ड र वोत्सवानाका विद्यालय छनोटमा परेका र ती विद्यालयसँग चिनियाँ विद्यालयले संस्कृतिक आदानप्रदानसम्बन्धि सम्झौता गरेको हो ।
सम्झौताको अवधि ३ वर्षको रहेको छ । यसअवधिमा विभिन्न महादेशका विद्यार्थीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिने जानकारी शर्माले दिए । सम्झौता समारोहमा नान्जिङ कला तथा संस्कति विद्यालयलबाट उत्पादित चीनका राष्ट्रिय कलाकारको समेत सहभागिता रहेका शर्माले बताए । यस सम्झौताले अन्तरदेशीय मात्रै नभएर अन्तरमहादेशीय संस्कृति आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने दावी शर्माले गरे ।