अभिनेत्री अनुष्का शर्मा र टिम इन्डियाका कप्तान विराट कोहलीको विवाहको पहिलो रिसेप्सन दिल्लीको होटल ताज डिप्लोम्याटिक एन्क्लेवमा भयो । पार्टीमा दुवै परम्परागत गेटअपमा उपस्थित भए । नयाँ दुलही अनुष्काले सोह्र श्रृंगार गरेकी थिइन् भने दुलाहा विराट कोहली पनि कम ठाँटिएका थिएनन् ।
पहिलो रिसेप्शनमा अनुष्का रातो–सुनौलो बनारसी साडीमा देखिएकी थिइन् भने विराट कालो शेरवानीमा सजिएका थिए । दुवैले डिजाइनर सब्यसाची मुखर्जीले बनाएको आउटफिट लगाएका थिए ।
बनारसी साडी र अनुष्काको सोह्र श्रृंगार
अनुष्का आफ्नो रिसेप्सनमा सब्यसाची ब्राण्डको रातो बनारसी साडीमा सजिएकी थिइन् । उक्त साडीमा उनी निकै नै सुन्दर देखिएकी थिइन् । साथै अनुष्काले पुरै भारतीय परम्परालाई अनुसरण गरेकी थिइन् । परपम्परागत बेहुलीझैं देखिएकी थिइन् । रोतो साडी, रातो चुरा र रातै टिका, अनि सिउँदोमा सिन्दुर भरेकी थिइन् । अनुष्काले आफ्नो साडीसँग म्याच गर्ने सब्यसाची कलेक्शनकै हेरिटेज अनकट हिराको चोक्कर सेट र झुम्का लगाएकी थिइन् ।
विराटको सेरवानीमा १८ क्यारेट सुनको टाँक
रातो वनारसी साडीमा अनुश्का उपस्थित हुँदा विराट भने कालो शेरवानीमा ठाँटिएका थिए । तर, विराटले लगाएको कालो रंगको शेरवानीमा १८ क्यारेटको सुनको टाँक लगाइएको थियो । साथै उनले हातले बनाएको ब्रोकेट चूडीदार लगाएका थिए । विराटले आफ्नो लुगालाई परफेक्ट लुक दिनसब्यसाची एक्सेसरीजकै मोजडी पनि लगाएका थिए । साथै उनले हातमा हातले नै बुनेको पस्मिनाको सल ओढेका थिए ।
उनीहरुको रिसेप्शनमा पुगेर प्रधानमन्त्री मोदीले सुनमा सुगन्ध थपिदिए । ११ डिसेम्बरमा विवाह गरेको जोडीलाई आशिर्वाद दिन मोदी रिसेप्शनमा पुगेका थिए ।
२६ डिसेम्बरमा मुम्बईमा दोस्रो रिसेप्शन
दोस्रो रिसेप्शन २६ डिसेम्बर मुम्बईमा हुने भएको छ । त्यहाँ क्रिकेट र वलिउडका सबैजसो हस्तीहरु उपस्थित हुने अनुमान गरिएको छ । अनुष्काका प्रायः सबै साथीहरु, नातागोता र नजिकका मानिसहरु मुम्बईको रिसेप्शनमा सहभागी हुनेछन् । यस रिसेप्शनमा बलिउडका सबै हस्ती पुग्नेछन् । दोस्रो रिसेप्शन मुम्बईमा हुनुको कारण अनुष्का र उनको परिवार मुम्बईकै बसिन्दा हुनुले हो ।