१८ मंसिर, काठमाडौं । नेपाली चलचित्र र मोडलिङमा नयाँनयाँ प्रतिभाको प्रवेश दिनहुँ हुन थालेको छ । कसैले अभिनयलाई पेशा बनाउने उद्देश्यसाथ यस क्षेत्रमा लागेका छन् भने कतिपयले सोखका लागि मात्रै यसलाई अपनाउने गरेका छन् । टेलिभिजन खुल्ने क्रम बढ्दै जानु, युट्युबका लागि चलचित्र र म्यूजिक भिडियो बन्ने क्रम बढ्नुले पनि यस क्षेत्रमा नवप्रवेशीको भिड लाग्न थालेको हो ।
यस्तै भिडका बिचमा देखिएकी एक नवअभिनेत्री तथा मोडेल हुन् प्रमिशा शाह ठकुरी । भिडको प्रतिश्पर्धामा आफूलाई अब्बल बनाएर देखाउने योजना लिएर यस क्षेत्रमा लागेको उनी बताउँछिन् ।
विभिन्न टेलिचलचित्रको पर्दामा देखिएकी प्रमिसा शाह ठकुरी पछिल्लो समय मोडलिङमा समेत स्थापित हुँदै गएकी छन् । सानैदेखि मोडलिङमा रूची राख्ने ठकुरी पछिल्लो समय केही म्यूजिक भिडियोमा देखा परेकी छन् । यसअघि उनी केही टेलिचलचित्रका पर्दामा देखिएकी थिइन् । २०४९ सालमा अर्घाखाँचीको हंशपुरमा जन्मिएकी ठकुरी संघर्ष, छेउकुना जस्ता टेलिचलचित्रमा काम गरेपछि यतिबेला म्यूजिक भिडियोमा देखिएकी हुन् । पछिल्लो समय उनी आशिष थापाको गीत पर्खाइमा मोडलिङ गरेकी छन् । आशिष थापा र मिना बोहराको सङ्गीत रहेको गीतमा ठकुरीले मोडल अशोक केसीसँग स्क्रिनमा देखिएकी हुन् । यसअघि उनले अर्को एक म्यूजिक भिडियो दुःख पीडा गीतको बोलमा अभिनय गरेकी थिइन् । पछिल्लो समय अन्य म्यूजिक भिडियोमा अफर आइरहेको बताउने ठकुरीले मोडलिङलाई नै पेशा बनाउने योजना बनाएकी छिन्। उनी भन्छिन् ‘मैले टेलिचलचित्रपछि केही गीतमा अभिनय गरेपछि अन्य गीतमा तथा केही चलचत्रमा समेत अभिनयको अफर आएको छ, अहिलेसम्म आफ्नै कार्यव्यस्तताले समय दिन सकिन, अब म पूर्णरूपमा यस क्षेत्रलाई समय दिने योजनामा छु ।’