१५ असार, काठमाडौं । नेपाली युवाले बनाएको चलचित्रको कन्सेप्ट चोरेर चलचित्र बनाएका भारतीय चलचित्र निर्देशक सुरेश कुन्देरको चलचित्र युट्युबले प्रतिबन्ध लगाएको छ । नेपाली युवा अनिल न्यौपानेले बनाएको लघु चलचित्र बब को नक्कल गर्दै कुन्देरले कृति चलचित्र निर्माण गरेपछि बलिउडमा पनि आलोचना भएको थियो ।
बब चलचित्रका निर्देशक तथा निर्माता न्यौपानेले आफ्नो चलचित्रको विषयवस्तु चोरेको भन्दै प्रमाणसहित युट्युबमा उजुरी गरेपछि कुन्देरको कृति फिल्मलाई युट्युबले प्रतिबन्ध लगाएको हो । कुन्देरको लघु चलचित्र १८ मिनेटको थियो ।
न्यौपानेले आफूलाई भएको आर्थिक क्षतिलगायतको दावीसहित अन्तर्राष्ट्रिय निकायमा उजुरी गर्ने तयारी गरेको बताएका छन् ।
चलचित्रको विषयवस्तु चोरी गर्ने सुरेश कुन्देर बलिउडकी चर्चित कोरियोग्राफर फराह खानका पति हुन् ।
यो समाचार पनि पढ्नुहोस् :
चर्चित भारतीय निर्देशकले चोरे नेपाली चलचित्रको कन्सेप्ट
















