११ असार, काठमाडौं । भारतीय चलचित्र उद्योगका चर्चित चलचित्र निर्देशकले नेपाली चलचित्रको विषयवस्तु र प्रस्तुतिको चोरी गरेको घटनाले यतिवेला वलिउडमा तहल्का मच्चिएको छ । सलमान खान र अक्षयकुमारका हिट फिल्मका निर्देशक बनेका वलिउड निर्देशक सुरेश कुन्दरको मानसिक गरिबीका कारण यतिवेला उनी विवादमा परेका छन् । यतिवेला उनी वलिउडमा आलोचनाको शिकार भैरहेका छन् । मिडियाहरुले उनको तीव्र आलोचना गरिरहेका छन् ।
‘जान ए मन’ जस्तो चर्चित चलचित्रका निर्देशक सुरेश कुन्दरले आफ्नो नयाँ चलचित्रमा नेपाली चलचित्रबाट कन्सेप्ट चोरी गरेको तथ्यले यतिवेला बलिउडमा तहल्का मच्चिएको छ । २२ जुनमा रिलिज भएको कुन्दर निर्देशित नयाँ चलचित्र कृति बारे भारतीय मिडियाले यसको पर्दाफास गरेका छन् । कुन्दरले दिएको जवाफ विश्वासिलो नभएपछि उनी झन आलोचित बनेका छन् । कुन्दर चर्चित बलिउड निर्माता तथा कोरियोग्राफर फराह खानका पति हुन् ।

कुन्दरले त्यस्तो कुन चर्चित नेपाली निर्देशकको चलचित्रको कन्सेप्ट चोरे त ? होइन, नेपालका चर्चित निर्देशकले त वलिउडकै कन्सेप्ट चोर्ने गरेको आरोप लाग्दै आएको छ । बलिउडका निर्देशकले कन्सेप्ट चोर्नै पर्ने चलचित्र भने २४ वर्षीय युवा अनिल न्यौपानेले बनाएका हुन् ।
अनिल न्यौपानेले २०१५ मा निर्माण गरेर १२ फेब्रुअरी २०१६ मा रिलिज गरेको लघु चलचित्र बब बाट कुन्दरले कन्सेप्ट चोरी गरी कृति नामको लघु चलचित्र निर्माण गरेका हुन् । कुन्दरको कृति २०१६ जुनमा मात्रै रिलिज भएको छ ।
यसबारेको विस्तृत रिपोर्ट साउथ एसिया डटकमले तयार पारेको छ । जुन यस्तो छ :
Bollywood director ‘stole’ from Kollywood filmmaker, the rookie demands justice












