चर्चित लोक गायक तुलसी पराजुलीको देउरालीको चौतारी गीतको भिडियो सार्वजनिक भएको छ ।
निरु खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई रेस्पोन्सिभ मिडिया प्रा.लि. ले निर्माण गरेको हो । यस गीतको भिडियोमा हास्यकलाकार निरु खड्का, पत्रकार तथा मोडल राजेन्द्र लुईटेल र कुशल खत्री र मोडल तथा रेस्लर अस्मिता सिलवालले शसक्त अभिनय रहेको छ ।
भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् भने सम्पादन माधव बेल्वासेको रहेको छ । सञ्चारकर्म र समाजसेवाका साथै कलाकारीतामा सक्रिय रहेका राजेन्द्र लुईटेलले एक दर्जन गीत, विज्ञापन र टेलिचलचित्रमा अभिनय गरिसकेका छन् । यता कुशल खत्री पनि रंगपत्रकारिता, समाजसेवा, संगीतको व्यवसाय र मोडलिङलमा क्रियाशिल छन् । अस्मिता सिलवाल महिला रेस्लरको साथै मोडल पनि हुन । यो गीत तुलसी पराजुलीको शब्द र संगीतमा तयार भएको हो ।
यस भित्रका सबै कलाकार, प्रावधिकहरुले मेहनत गरेको कारण पनि भिडियो राम्रो बनेको रेस्पोन्सिभ मिडियाका प्रबन्ध निर्देशक मनोज थापाले जनाएका छन्।














