युवा पुस्तालाई लक्षित गरी दुई युवा सङगीतकर्मीले नयाँ गीत सार्वजनिक गरेका छन् । कुखुरा मरे पनि चक्काजाम गर्ने विकृति बढिरहेका वेला युवा सङ्गीतकर्मीद्वय राजेन्द्रभट्ट र सुरेश रानाले चक्काजाम बोलको गीत सार्वजनिक गरेका हुन् । मायालुका माया नपाए चक्का जाम गर्ने भाव गीतमा रहेको छ । गीत बोल यस्तो छ :
सुन चाँदी के हो र
हिरा मोति के हो र
यो दिलको राजधानी नाम गर्दिन्छु
पाइन भने तिमीलाई चक्का जाम गर्दिन्छु …
गीतमा शब्द र सङ्गीत भट्टको रहेको छ भने स्वर रानाको रहेको छ ।
गीतको म्युजिक भिडियो पनि हास्यपूर्ण रहेको छ । हेर्नुहोस् भिडियो :













