२८ मंसिर, काठमाडौं । चर्चित व्यावसायिक चलचित्र ‘लुट’का निदेशक निर्देशक निस्चल बस्नेत र नायिका स्वस्तीमा खड्काले लगनगाँठोका लागि साइत जुराएका छन् । आगामी फागुन ५ मा विहे गर्नेगरी बस्नेत र खड्काले आज टीकाटालो अर्थात् इङगेजमेन्ट गरेका हुन् ।
उनीहरु आपसमा प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएको थियो । ‘लुट’पछि ‘टलकजंग भर्सेज टुल्के’ निर्देशन गरेका बस्नेत ‘कबड्डी’मा अभिनेताका रुपमा समेत देखिएका थिए । स्वस्तीमा खड्का फिल्म ‘होस्टेल रिटर्न’मा अभिनय गरेकी थिइन् । उनी म्युजिक भिडियोमा अभिनय गर्दै नेपाली इन्डष्ट्रीमा संर्घर्षरत छिन् ।














