२९ भदौ, विराटनगर / मञ्जिना मुभिज क्रिएसनको प्रस्तुतिमा रहेको नेपाली कथानक चलचित्र यो साइनो मायोको पहिलो अडिसन विराटनगरमा गरिएको छ । उक्त चलचित्रको निर्देशन युवा निर्देशक अरुण प्रधान गर्दै छन् ।

१२ नेपाली एक चिहान नामक चलचित्रबाट निर्देशन गरी सकेका प्रधानले नयाँ चलचित्रको निर्माणका लागि नयाँ कलाकारको छनोट गर्न लागेका हुन् । नयाँ चलचित्र सांगीतिक प्रेमकथामा आधारित उक्त चलचित्रमा नयाँ अनुहारको खोजी भैरहेको बताए । विराटनगरमा आयोजित अडिसनका पूर्वको झापा, सुनसरी, मोरङका थुप्रै नव कलाकारको उपस्थिती रहेको थियो । थप अडिसनका लागि टोली राजधानी काठमाडौं र पोखरामा पुग्ने बताइएको छ ।
चलचित्रको छायांकनको सुरुआत भने दशैं लगत्तै हुने निर्माण पक्षले जनाएको छ ।













