विभिन्न टेलिभिजनबाट प्रसारण भइरहेका गुठी, हर्के हवल्दार, थोरै भए पुगी सरी लगायतका टेलिश्रृंखलामा अभिनय गरेकी विपना क्षेत्री नवोदित कलाकार हुन् । विगत एक वर्षदेखि उनी कला क्षेत्रमा लागेकी छिन् । नवोदित नै भए पनि उनले १ वर्षको अवधि थुप्र्रै स्टेज कार्यक्रम, टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेकी छिन् ।
साधना कला केन्द्रले आयोजना गरेको मिस आर्यनमा सहभागी भै व्युटीफुलको ताज जितेकी २१ वर्षीय विपनाको सपना सफल अभिनेत्री वन्ने छ ।













