८ साउन । अमेरिकी अन्तरिक्ष संस्था नासाले बिहीबार राती ठ्याक्कै पृथ्वी जस्तै नयाँ ग्रह भेटिएको घोषणा गरेको छ । खगोलविदहरुले करीब पृथ्वीकै आकारको पहला ग्रह फेला पारेका हुन् । केपलर अंतरिक्ष दूरबीन बाट देखिएको सो ग्रह को केपलर ४५२ नाम दिइएको छ । सौर मंडलभन्दा बाहिर मिलेको यो ग्रह हाम्रो धरती जस्तो छ । केपलर ४५२ नाम का यह ग्रह जी२ ले जस्तै ताराको परिक्रमा जीवन रहेको क्षेत्रमा गरेको छ । जी२ तारा पनि हाम्रो सूर्य जस्तै छ । पृथ्वीकोजस्तै यसको पनि आफ्नो सूर्य छ ।

धरतीभन्दा बाहिर पनि जीवन खोज्ने नासा को प्रयासमा यो खोज एक अहम कदम मानिएको छ । नासाले भनेको छ कि पृथ्वीकै जस्तो नयाँ संसारमा जीवन जिउनेको प्रयाप्त परिस्थिति कायम छ । यस्तो बताइएको छ कि त्यहाँ वनस्पति लिएर गएमा त्यो वनस्पति वाँच्न सक्छ ।
नासाले अहिलेसम्म १२ वटा बस्न योग्य ग्रहको खोजी गरेको छ र दोस्रो पृथ्वीको खोज यो दिशामा छ कि त्यहाँ एक माइलको चट्टान भेटिएको छ । नासाका विज्ञान मिसन निर्देशक जोन रुंग्सफेल्डले भनेका छन् कि अर्को पृथ्वीको खोजको करिब नजिक पुगिसकेका छौं । अहिले भेटिएको ग्रहको सूर्यका परिक्रमा र लक्षण हेर्दा त्यहाँ पानीको समेत सम्भावना रहेको उनले बताए ।
नासाका अनुसार जीवनका लागि उपयुक्त सो ग्रह सानो भए पनि पृथ्वीभन्दा अलिकति ठूलो छ । यसको वर्ष पनि पृथ्वीकै वर्षजति लामो भएको जनाइएको छ । त्यहाँ एलियन भएको बारे अहिलेसम्म कुनै प्रयाप्त प्रमाण भने भेटिएको छैन । तर त्यहाँ जीवन सम्भव रहेको कुरामा भने वैज्ञानिकहरु अधिकतम विश्वस्त रहेको समेत समाचार एजेन्सीहरुले जनाएका छन् ।














