६ पुस, काठमाडौं । पहिलो विश्वयुद्धका क्रममा हराएको अष्ट्रेलियाको पहिलो नौसेना पनडुब्बीको जहाज १०३ वर्षको खोजीपछि फेला परेको छ। युद्धका क्रममा एचएमएएस एई १ नामक पनडुब्बी जहाज प्रथम विश्वयुद्धमा पहिलो सहयोगी पनडुब्बी थियो ।
अस्ट्रेलियाको खोज अभियानका क्रममा पापाआ न्यू गिनीको एक टापुक्षेत्रको पानीमो सो पनडुब्बी फेला परेको हो । यो पनडुब्बीले अष्ट्रेलियाको सबैभन्दा पुरानो नौसेनाको रहस्यलाई समाधान गर्ने अस्ट्रेलिया सरकारले जनाएको छ ।।
अस्ट्रलियाका रक्षामन्त्री म्यारिस पयेनले विहीबार भनिन्यो- ‘अष्ट्रेलियाको समुद्री नौसेनाको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण खोजिहरूमध्ये एक हो ।’ उनले थपिन्- ‘प्रथम विश्वयुद्धमा अष्ट्रेलियाको शाही जलसेनाको पहिलो हानि थियो । यसले हाम्रो देश र हाम्रा सहयोगीहरुका लागि यो घटना निकै दुःखद थियो ।’
पनडुब्बीको खोजी गरिरहेको टोलीले समुद्रको पानीभन्दा ४० मिटर तल अन्डरवाटर ड्रोनलाई पुर्याएपछि ३ सय मिटरभन्दा तल पनडुब्बीको झण्डा देखिएको थियो । १३ औं खोजी अभियानका क्रममा यो पनडुब्बी भेटिएको हो ।
त्यविेला ज्यान गुमाएका चालक दलका सन्तानलाई सरकारले सम्पर्क गर्ने प्रयास गर्ने रक्षामन्त्रीले बताइन्। यो खबरले त्यतिवेला आफन्त गुमाएका व्यक्तिको मनमा शान्ति ल्याउने र सो जहाज डुब्नुको कारण पत्ता लगाउन अब सजिलो हुने विश्वास मन्त्री पयनले व्यक्त गरिन् ।
-एजेन्सी















