सुन्दर तथा चर्चित नायिका केकी अधिकारीमाथि एसिड प्रहार भएको भन्ने गलत समाचार तथा तस्वीर यतिवेला सामाजिक संजाल तथा ब्लगमा भाइरल बनेको छ । केकीमाथि एसिड प्रहार भएको म्युजिक भिडियोको प्रशंग जोड्दै यस्तो समाचार भाइरल बनेको हो । हुन त छापा माध्यमहरुमा पनि सुटिङ रिपोर्टका समाचारका शीर्षक यस्ता नहुने होइनन् । यद्यपि यतिवेला अनलाइनहरुमा निर्देशक निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोका दृश्यहरुसहित नायिका केकी अधिकारीमाथि एसिड प्रहार भन्ने शीर्षकका समाचार प्रकाशित भएका हुन् । खडकाले केही समयपहिले राजधानीको वसन्तपुरमा भएको एसिड प्रहारको घटनालाई आधार बनाएर भिडियो तयार पारेको बताए ।
हेर्नुहोस् : भिडियो
अर्जुन पाण्डेको नयाँ एल्बम, डिपी खनालको शब्दमा किरण कंडेलको संगीत रहेको उक्त गीतमा एरेन्जमेन्ट भने अल्मोडा उप्रेतिको रहेको छ । नायीका केकी अधिकारीका साथसाथै निरजन थापा तथा बालकलाकार मानवी खड्काको अभिनय रहेको उक्त भिडीयोमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ भने छायांकन धिरजजंग शाहको रहेको छ । निशान घिमिरेले भिडीयोको सम्पादन गरेका हुन् ।













