२१ असार, चीन । चीनको सिटी अफर जिआजोउको सानयाङ्ग क्रेडिट कोअपरेटिभ नामक एक सानो बैंकले हालै गजबको नियम बनाएको प्रकाशमा आएको छ। नियम अनुसार उक्त बैंकमा कार्यरत कुनै महिला कर्मचारी गर्भवती बन्न चाहेमा बैंकलाई पूर्वजानकारी दिनु पर्दछ। अन्यथा एक हजार युआन जरिवाना तिर्नुपर्ने नियम बैंकले बनाएको छ।
हेनान प्रान्तमा रहेको उक्त बैंकले महिला कर्मचारीले आफू गर्भवती बन्ने चाहना सहितको निवेदन पेश गरेमा त्यसलाई अध्ययन गरेर पारित गरेपछि मात्र गर्भवती बन्न पाइन्छ। त्यसमाथि, गर्भवती बन्नका लागि विवाहिता महिला हुनुपर्ने तथा बैंकमा कम्तिमा पनि एक बर्ष काम गरेको हुनुपर्ने शर्त राखिएको छ। बैंकको यसप्रकारको नियम मानवीय मूल्यको विपरित भएको चीनिया नागरिकहरुले भनेका छन। उक्त बैंकको अमानवीय नियमको चीनमा विरोध भएको छ।













