१९ असार, इजरायल । इस्लामिक राज्यको माग गर्दै विभिन्न मुस्लिम राज्यहरुमा आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट, ‘आइएस’समर्थित लडाकूहरुको समूहले इजरायलमा रकेट आक्रमण गरेको छ।
आइएसले इजिष्टको सिनाई प्रायद्वीपबाट इजरायलमा रकेट प्रहार गरेको हो ।
आईएससमर्थित उक्त समूहले इजिप्टको सेनालाई समर्थन गरेको भन्दै त्यसविरुद्ध इजरायलमा रकेट आक्रमण गरेको जनाएको छ ।
आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।
उत्तरी सिनाईमा जारी लडाइमा तीन दिनअघि मात्र १७ सैनिक र एक सय आइएस चरमपन्थी मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।













