पछिल्लो समय लगातार उत्कृष्ट भिडीयो पस्कदै आएका निर्देशक तथा सञ्चारकर्मी मोहनराज अधिकारीद्धारा निर्देशित बलिन्द्र आँशु बोलको म्युजिक भिडीयो छायांकन गरेका छन् । अन्जु पन्तको स्वरमा सजिएको उक्त गितको शब्द भिम थापाले लेखेका छन् भने संगित भर्ने काम रमेश कडरीयाले गरेका छन् ।
नख्खु, बुंग्मती तथा दरवारमार्ग लगायतका ठाउँमा छायांकन गरिएको उक्त भिडीयोलाई अमृत सुनुवारले खि
चेका हुन् भने यस भिडीयोमा रमेश कडरीया, प्रियंका कार्की, सोनाम श्रेष्ठ र विराज कार्कीको अभिनयलाई देख्न पाईनेछ ।
विदेशमा गएको आमाले आफ्नो बच्चा र घरपरिवारलाई गाएको यस गित र त्यसै अनुसारको भिडीयो तयार गर्न खोजिएको निर्देशक अधिकारीले बताए । चाँडै नै बजारमा ल्याईने उक्त भिडीयोलाई निर्देशकले कत्तिको न्याय दिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।













