अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था युनाईटेड नेपालले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र नामक अनाथालायलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
अनाथ र असहायहरुको सहयोगमा कार्य गर्ने संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई अमेरिकाबाट आएका कलाकारहरुले सहयोग प्रदान गरेका हुन् ।
नेपाली चलचित्रका पुराना नायक सरोज खनाल र किरण प्रताप केसीले एक कार्यक्रममा उक्त संस्थाका प्रमुख तिलबहादुर कार्कीलाई सहयोग हस्तान्तरण गरेका छन् । नायकद्वयले उक्त संस्थालाई पचास हजार नगद तथा अन्य सामग्रीहरु प्रदान गरेका थिए ।
अमेरिकाको भर्जिनिया राज्यमा रहेको गैर नाफामुलक उक्त संस्थाले विभिन्न सासकृतिक कार्यक्रमको आयोजना गरेर सहयोग संकलन गरेको जानकारी कलाकारद्वयले दिएका छन् ।
भविष्यमा पनि यस्ता सहयोग निरन्तर भइरहने नायक द्वयले बताए ।













