बॉलीवुड अभिनेत्री दीपिका पादुकोण ले २१ मार्च २०१५ मा मानसिक रोगीहरुको सहयोग का लागि “लिव लव लॉफ” फाउंडेशन नाम गरेको एक मेंटल हेल्थ सेंटर लॉन्च गर्न गइरहेकी छिन ।
दीपिका पादुकोण पछिल्लो समय स्वंम पनि डिप्रेशन को शिकार भइ सकेकी थिइन र यस बारे चर्चा पनि धेरै पटक मिडियामा गरिसकेकी छन् । २०१५ को शुरुआत मा नै दीपिका पादुकोण डिप्रेशन संग संघर्ष गरिरहेका रोगीहरुलाई सहयोग गर्ने अठोट गरेकी थिइन् । आफनो ट्वीटर मार्फत पनि यस कुरा को जानकारी पनि गराएकी थिइन ।
भोलि २१ मार्चमा पादुकोणले “लिव लव लॉफ” फाउंडेशन मेंटल हेल्थ केयर संस्था को उद्घाटन गर्नेछिन। दीपिकाले यस विषयमा कुरा गर्दै आफनो अन्य कार्यहरुको साथ साथै, मेंटल हेल्थ पनि धेरै जरूरी रहेको र यसको लागी आफु जे पनि गर्न तयार रहेको बताएकी छन् ।













