नायीका तथा मोडल अनिता आचार्य संग दिपेन्द्र घिमिरेले गरेका अन्तरंग कुराकानी
अनिता जी, मनोरञ्जनाको दुनियामा अनिता आचार्य कस्तो नाम हो ?
मनोरञ्जनाको दुनियामा भन्दा पनि कलाकारिताको दुनियामा भन्न रुचाउछु म, त्यसकारण कलाकारिताको दुनियामा अनिता आचार्य एउटा विद्यार्थि हो जसले यसमा केही सिक्ने प्रयास गर्दै छ ।
यो सिक्ने प्रयासको सुरुवात कहाँबाट कसरी भयो ?
कलाकारिताको पाटोले चाहेर होस् वा नचाहेर, सबैलाई छोएको हुन्छ । जब म सानो थिए मलाई डान्स गर्न, गाउन, हावाका हिड्न, रमाउन मन लाग्थ्यो । आफुलाई आफ्नो आफ्नै दुनियाको हिरोईन जस्तो लाग्थ्यो तर जब ठुलो हुँदै गए समय सँगै ति सबै रहरहरु बिलाएछन् । आफ्नो शिक्षामा ध्यान हुन थाल्यो, पछि चाहेर होस् या नचाहेर, म फेरी त्यही दुनियामा फर्किएँ ।
कलाकालिता क्षेत्र समाजको एैना हो भन्छन्, के साँच्चिकै समाजको वास्तविक एैना बनाएको छ नेपाली कलाकारिता ?
वास्तवमा भन्ने हो भने कलाकारिता क्षेत्र भनेकै समाजको एैना हो । किनभने यसको माध्यमबाट नै धेरै जसो कुरा समाजमा पुगेको हुन्छ । तर कतिपय कुरा गलत तरिकाले अथ्र्याइउको हुन्छ ।
अलभिदा फिल्म गरेपछि यहाँको कलाकारिताले कस्तो मोड ल्याएको छ ?
मेरो पहिलो पाईला थियो सरि ल भन्दा अलभिदामा आफुले आफुलाई राम्रो पस्र्युट गरेजस्तो लाग्छ । अहिले फिल्मको अफरहरु त आईराको नै छ, अब हेरुम भाग्यले कता धकेल्छ ।
अलि फरक पाटो, रिल लाईफमा भन्दा फरक अनिता आचार्य कस्तो छ रियल लाईफमा ?
अनिता आचार्य एउटा नर्मल केटी हो, जब म मिस नेपाल २०१० म टप १० भएर मिस विउटिफुल स्माईलको उपादी जित्न सफल भँए त्यसपछी बिभिन्न मिडिया बाट अफर आउन थाल्यो तर मैले आफ्नो एजुकेसन लाई प्राथमिकता दिने सोच बनाए । पढ्दै संगसंगै समय मिलेको बेला एउटा दूईटा काम गरे । त्यसपछि सरि ल बाट अफर पाँए । धेरै सोच बनाएपछि मैले त्यो फिल्म खेल्ने विचार गरे ।
सरि ल फिल्म या कलाकारिता क्षेत्रमा प्रवेश गर्न परिवारबाट रोक आएको थियो नि हईन ?
थियो ।
त्यसको बाबजुतपनि यस क्षेत्रमा लाग्नुभयो ? सपना के थियो यो क्षेत्रमा लगाएर ????
तर पछि मेरो बाबे नै तिमी एउटा विद्यार्थी हो र यो पनि यउटा मौका हुन सक्छ केही सिक्ने, राम्रो भयो भने गर्नु नभए पछि छोडिदिनु भन्नुभयो । कुनै सपना लिएर नै यो क्षेत्रमा लागेको थिईन तर नारीको हकहितको लागि केही गर्नुपर्छ भनेर सोच बनाएको थिए । मेरो शिरमा लगाएको ताजमा सिंगारिएर हिड्नको लागि, म सुन्दरदेखिन हईन, म एउटा प्रतिनिधी पात्र हुँ, जसले पिछडीएका महिला र आवाज दविएका महिलाहरुको प्रतिनिधिपात्र म अनिता आचार्य थिए त्यसकारण मिडीया क्षेत्रमा म लागि यसको सहयोगले म आफ्नो नाम कमाउन भन्दा पनि अरुलाई सेवा पुर्याउने थियो । सरि ल फिल्मबाट कमाएको ५७ प्रतिशत रकम मैले बालश्रममा डोनेट गरेको थिँए ।
जस्को अरु जस्तै अनगिन्ती सपनाहरु छन जसलाई पुरा गर्न आफ्नो बाटो हिड्दै छु ।
अनगिन्ती सपना बोक्ने तपाई कसैको सपनाको राजकुमारी हुनुभएको होला । तपाई को सपनाको राजकुमार चाही ????
हि हि हि अब त्यो त हाउ डु आई नो ? मलाई थाहा हुने गरि त कोही राजकुमार आएन । अब मेरो मनमा पनि अहिलेलाई राजकुमारले घर बनाको त छैन,
हा हा हा भनेपछि कोटा खाली छ ???
हि हि हि कसैलाई बुझ्ने कोसिस गर्दै छु ।
अब अहिले सम्म प्रेममा पर्नुभएको छैन भनेपछि तपाई प्र्म सम्वन्धमा या विहे अघि हुने सेक्सलाई कसरी लिनुहुन्छ ???
आफ्नो आफ्नो फरक सोच हो, विवाहपछि नै राम्रो हो । तर कोही गहिरो प्रेमसम्वन्धमा छ भने दे क्या इट्स पाट्र्स अफ देयर, नन अफ आवर विजनेस ।
यहाँ कलाकर्मिलाई आरोप लाग्ने गर्दछ नि फिल्म सुटिङको दौडान यस्ता कुरा हुन्छन, वा फिल्म पाउनकै लागि यस्ता सम्वन्ध राखिन्छन् भनेर ??
होला, कसैलाई जबरजस्ति गरिन्छ भने काही स्वईच्छाले यस्ता चाहाना पुरा गर्न यस्ता काम गर्दछन । कोही पेट पाल्न त कोही आफ्नो रमाईलो को लागि । सबैको आफ्नो आफ्नो कथा हुन्छ तर मेरो विचारमा सबैमा यो लागु हुँदैन ।
कलाकार कत्तिको ग्ल्यामरस हुनुपर्दछ ??
कलाकारको ग्ल्यामरस कलामा हुनुपर्दछ ताकि पहिरनमा होईन यसको मतलब यो हईन कि शर्टश नै नलगाउने । अनि शायद छोटो लुगा लगाउने मात्र ग्ल्यामरस होईन होला ।
तपाई राम्री हुनुहुन्छ अनि फिगर पनि राम्रो । पेपर विज्ञापन, म्युजिक भिडीयो, फिल्म संगै बढाएको तपाईको जीवन भविष्यमा कस्तो देख्नुहुन्छ आफुलाई ???
निरन्तर त शायद लाग्दिन होला तर यो ठाउँमा पनि भविष्य राम्रो छ ।
अन्तमा
लाईफ इज अ बिग जिरो । अव त्यस्तै जिरा बनाईराख्ने कि रियल लाईफको अगाडी १,२,३,४ थप्दै जाने, त्यो तपाईमा भर पर्ने कुरा हो । आफ्नो काम गर्ने हो, गल्ति पनि होलान तर आफु अरुलाई धोका दिने काम गर्नु भएन, अरुको काम भनेकै खुट्टा तान्ने काम हो तर कसैले रोक्दैमा मेरो पाईला राकिन्न । धन्यवाद दिपेन्द्र जी















