फिल्म ‘धून’बाट निर्देशनमा डेब्यु गरेका कृष्ण पौडेलले ‘सत्या’को निर्देशन गर्ने भएका छन् । आईतवार राजधानीको एक स्टुडियोबाट फिल्मको सांगीतिक कार्य शुभारम्भ गरियो ।
रघुनाथ सापकोटा र एक एनआरएनको लगानी रहने भनिएको यस फिल्ममा जीवन लुईंटेल र बर्षा शिवाकोटीको अभिनय रहने करिब फाईनल भएपनि अमेरिकामा रहेका कारण जीवनसँग ‘एग्रिमेन्ट’ हुन बाँकी रहेको निर्माण युनिटले बताएको छ ।
आधा दर्जनजति फिल्ममा सहायक निर्देशन गरेका पौडेलले ऋषि लामिछानेलाई गुरु मान्दै आएका छन् । त्यसैले शुभसाईतमा ऋषिलाई साक्षी राखेर कृष्ण फिल्मको घोषणा गरेका हुन् । फिल्मले नारीको पक्षमा वकालत गर्ने छ ।
तारा सितारा प्रोडक्शन तथा सेलिब्रेटी नेपाल प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने यो फिल्मको छायाँकन नयाँ बर्षको शुरूवातसँगै हुने बताईएको छ । कृष्ण आचार्यको कथा रहने यो फिल्ममा संगीत विकास चौधरीको रहने छ ।














