उम्लिरहेको तेलको कराही यति भयानक मानिन्छ कि हिन्दू परम्पराअनुसार त यसलाई यमराजको सजायँ दिने शैली मानिन्छ । अधर्म गर्ने पापीलाई यमराजले नरकमा उम्लिरहेको तेलमा डुवाउँछन् भन्ने कथाहरु समेत सुन्न र पढ्न पाइन्छ । तर यही मत्र्यलोक अर्थात् पृथ्वीमा एक भिक्षुले यमराजले दिने सजाय सहज रुपमा पचाइदिएका छन् । तातो तेलमा बस्दा पीडाले छट्पटिनुपर्नेमा ती भिक्षु आनन्दले प्राथना गरिरहेको देखेर भीडियो हेर्ने सबैजना आश्चर्यमा परेका छन् । उम्लिरहेको तेलको भाँडामा बसेर उनले दुनियालाई चकित पारको भिडियो अहिले सार्वजनिक भएको छ । यस्तो कार्य गरेर भिक्षले भौतिकवादीहरुलाई समेत आश्चर्यमा पारेका छैनन् यमराजलाई समेत चुनौति दिएका छन् ।थाइल्याण्डको नोङ बुया लम्फु प्रान्तका ती भिक्षु तातो तेलको भाँडामा बस्दा पनि कुनै पीडामा देखिन्नन् । अझ उक्त भाँडाको तल आगो समेत बालिएको छ ।
के ती भिक्षुले साँचिक्कै कुनै दैवी शक्तिका कारण यस्तो गर्न सकिरहेका छन् त ? या त यो जादु हो ?
तर, केही वैज्ञानिकहरु भने यसलाई दैविक शक्तिभन्दा विज्ञानको प्रयोग मान्छन् । चुलाङक्रोन विश्वविद्यालयका वैज्ञानिक जेसाडा डेन्डुआङबोरिपान्ट तेल साँचिक्कै तातिरहेको कुनै प्रमाण नरहेको बताउँछन् । उनले ती भिक्षु बसेको भाँडामा पनि प्रश्न उठाएका छन् । ‘भाँडा हेर्दा लाग्छ, त्यसको दुईवटा तहहरु छन् । जसले तलबाट दिइएको तापलाई इन्सुलेट गरिएको हुनुपर्छ ।’
‘मैले आफै पनि यस्तो भ्रमित पार्ने गरी तातो तेललाई छोएको भिडियो राखेको थिएँ । यसका लागि भाँडामा पहिले पानी हाल्ने र त्यसमाथि तेल राखेर उमाल्नुपर्छ । यसरी पानी तातिएर बाफ आउँदा पनि तेल तातिएको हुँदैन,’ उनले भने ।
भिडियो हेर्न तलको लिंकमा जानुहोस:













