
‘दोश्रो गुल्मी महोत्सव’को आठौ दिन गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् । उनले स्टेजमा पुगेर ‘म विना कसै कसैलाई’ बोलको गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिए ।
आधा दर्जनभन्दा बढी गीत गाउँदा सुरक्षाकर्मी तथा स्वयंमसेवकलाई दर्शक व्यवस्थित गर्न गाह्रो भएको थियो । प्रमोदले गुल्मीका दर्शक आफ्नै दर्शक भएको भन्दै उक्साएका थिए ।
प्रमोदले गीत गाउन थालेपछि सुरक्षाकर्मीले यूवापुस्ता र वुद्धाहरुलाई फरक स्थानमा राखेका थिए । उनले ५० हजार दर्शकभन्दा गुल्मीका २-३ हजार दर्शकको नै खाँचो भएको बताए ।













