
नायिका सोनाक्षी सिन्हा पहिलो पटक आफ्नो बुबा शत्रुघन सिन्हासँगै पर्दामा देखिने भएकी छिन् । एआर मुरुगदाँस को नयाँ चलचित्रमा पिता पुत्रीलेसँगै काम गर्ने भएका छन् । चाँडै सुटिङ सुरु गरिने यो चलचित्र तामिल सुपरहिट चलचित्र ‘मानागुरु’ को रिमेक भएको भारतीय समाचार संस्थाले जनाएको छ ।
यसमा निर्देशक अनुराग कश्यप खलनायकको भुमिकामा देखिदैछन् । सन् २०१० मा राम गोपाल बर्माको निर्देशनमा बनेको रक्तचरित्रमा अभिनय गरेपछि शत्रुघन सिन्हाले त्यसपछि चलचित्रमा काम गरेका छैनन् ।
सोनाक्षीले यसअघि मुरुगदासको चलचित्र ‘होलीडे’मा मुख्य भुमिका निर्वाह गरिसकेकी छिन् ।













