१ साउन, काठमाडौं । कुखुरा पहिले आएको कि अण्डा पहिले भन्ने प्रश्नले विश्वभरका मानिसलाई सोचमग्न बनाएको धेरै भइसक्यो । मानिस अल्मल्याउने प्रश्नका रुपमा समेत यो प्रश्न गर्ने गरिन्छ । तर, त्यसको सही उत्तर कसैले दिन नसकिरहेको अवस्थामा वैज्ञानिकहरुले भने यसको उत्तर वैज्ञानिक आधारमा पत्ता लगाएका छन् ।
शेफिल्ड र वारविक युनिभर्सिटीले पहिला कुखुरा आएको दावी गरेको हो । संचार माध्यममा सार्वजनिक समाचारहरुका अनुसार यो अध्ययनमा वैज्ञानिकहरुले पहिला कुखुराकै जन्म भएको दावी गरेका छन् ।
ओभोक्लाइडिन नामको प्रोटिनबाट अण्डाको खोल निर्माण भयो । यो प्रोटिनबिना अण्डा निर्माण सम्भव छैन ।

सबैभन्दा महत्वपूर्ण कुरा यो प्रोटिन मात्र कुखुराको ओभरी अर्थात गर्भाशयमा पाइन्छ । यसबाहेक कुखुराको शरीरका अन्य कुनै पनि भागमा यो पाउन सम्भव छैन । शोधकर्ता दलका मुख्य वैज्ञानिक डाक्टर कोलिन फ्रीमैनका अनुसार लामो समयदेखि चलिरहेको यो प्रश्नको जवाफ अब फेला परिसकेको छ । डाक्टर कोलिनका अनुसार यो प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण पनि छ । कुखुराको गर्भाशयमबाट प्रोटिन उत्पन्न हुन्छ र त्यसैबाट अण्डा बन्छ । यो कुरा अण्डा खोलेर टेस्ट गर्दा थाहा भएको हो । वैज्ञानिकहरुले कम्प्युटर हेक्टरको सहयोगबाट अण्डा खोलेका थिए ।
यद्यपि रिपोर्टमा कुखुराचाहिँ कहाँबाट कसरी आयो भन्ने बारे केही उल्लेख छैन । यस विषयमा प्रोफेसर जन हार्डिंगका अनुसार वास्तवमै यो रासायनिक प्रक्रिया निकै आश्चर्यजनक छ । खुकुराको शरीरमा अण्डाको बोक्रा तयार हुनु दुर्लभ प्रक्रिया हो ।
यो अवस्थामा यदि यो विषय बुझ्ने हो भने नयाँ तथ्य प्राप्त हुने सम्भावना छ । उनका अनुसार प्रकृति आफ्नो अनौठो तरिकाबाट हरप्रकारको समाधान गर्ने क्षमता राख्दछ । एजेन्सी













