गायिका जुना प्रसाईँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टिपिकल नेपाली भाकामा रहेको गीत मन पर्छ मलाई सार्वजनिक भएको हो । नुतन भुषालको शब्द रचनामा रहेको गीत मनपर्छ मलाई एल्बम नुतन २ मा समाविष्ट छ । दिपक शर्माको संगितमा उदय राज पौडेलको संयोजनलाई भाइव्स क्रियसनले अडियो बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा प्रेमगीत चलचित्रबाट रजतपटमा पाईला टेकेकी पूजासँगै देखिएका छन् मोडल अश्विन । अमृत सुनुवारको छायांकन प्रकाश तुलाधरको सम्पादनमा रहेको भिडियोलाई मूर्तरुप दिएका छन् निर्देशक निकेश खड्काले ।
भिडियो













