१३ भदौ, काठमाण्डौं । निता जोशी
एक नारीले आफुलाई आत्मस्वाभिमानी ठान्नु
एउटा गौरवको कुरा हो,
सदा आँफै जान्ने सम्पूर्ण कुरामा निपुण ठान्नु
एउटा गलत धारणा हो ।
एक शिक्षित नारिले कार्यालयमा, पदमा रहेको कारण
घर कामलाई बेवास्ता गर्नु , समय नदिनु
बिल्कुल गलत व्याख्या हो ।
एक असल नारीले घरब्यवहारको साथै
बाहिर कार्यालयमा समेत आफुलाई
उत्कृष्ट रुपमा उभ्याउन सक्नु नै
एक सुन्दर , प्रभावशाली र महानता
साबित हुनेछ ।
नत्र
बहिर जतिसुकै जित भइ, क्षमताबान भएर पनि
उनी असफल नारी नै कहलिनेछ ।
कुनै पद ओगटेको भरमा महिलाले आँफुलाई
संसारमा उत्कृष्ट व्यक्ति ठान्नु एक मुर्खता हो ।
यस्ता पदमा कति आए, कति गए
सायद उनीले घमण्डिपना देखाउनु नै
पाखन्डीपना हो ।
एक असल नारीको लक्षण हसिली, फुर्तिली
शान्त, शिष्ट स्वभाव तथा पाहुना सत्कार गर्नु पनि हो ।
सायद, असल नारीले अरुको मुल्याकन तुरुन्त गर्दैनन्
बरु, आफ्नो मुल्याकनको समिक्षा गर्नेछिन् ।
अनि
आफ्नो लागि पृष्ठपोशन अरुबाट माग्नेछिन्,
सक्षम नारीले कहिल्यै, पुरुषसँग आफुलाई दाज्दैनन्
तर,
आफ्नो शीप तथा क्षमताले आफुलाई
पुरुष सरह प्रर्दशित गर्नसक्नेछिन् ।
एक असल नारीले कुनै पनि कुरामा
तुरुन्त प्रतिक्रिया दिदैनन् ,
बरु
सन्तुलित कुरा गर्नमा सक्षम हुन्छिन् ।
एक असल नारी घरव्यवस्थापनको साथै कार्यालयको काममा
सन्तुलित क्षमता देखाउनमा सक्षम हुन्छिन् ।
एक असल सक्षम नारीले घर परिवारको
मुल्य र मान्यतालाई सदा
रिद्यङगम अवस्य गर्नेछिन् ।
एक सच्चा, सक्षम नारीले जिन्दगीलाई
एक साइकलको पाङग्रा ठान्छिन् ।
अनि मात्र सायद संसारमा
नारी भएर जन्म पाएको
सारत्व प्राप्त हुन्छिन् ।














