३ मंसिर, लण्डन । नेपाली साहित्यकार कविताराम श्रेष्ठ (रामबहादुर श्रेष्ठ) को आज वेलायतमा निधन भएको छ । नेपाली साहित्यमा अस्वीकृत आन्दोलनका अगुवा श्रेष्ठको निधन क्यान्सर रोगका कारण भएको हो । उनी विगत ३ वर्षदेखि वेलायतमै उपचाररत थिए । आफ्ना छोरासँग वेलायतमा रहेका श्रेष्ठ नियमित चिकित्सकको निगरानीमा थिए ।
साहित्यकार श्रेष्ठ अघिल्लो वर्ष उपचारकै क्रममा स्वदेश फर्केका थिए । नेपालदेशडटकमसँग बारम्बारको सम्पर्कमा श्रेष्ठले आफ्नो जीवन नरहने मिति चिकित्सकले ६ महिनापहिलेको बताएको भन्दै मृत्युबाट आफूलाई कुनै पनि भय नरहेको बताउने गरेका थिए । श्रेष्ठले नेपालको लुम्बिनी र कपिलवस्तुको विशेषता विश्वमा चिनाउनका लागि अभियान समेत थालेका थिए ।
श्रेष्ठले निधनहूनुभन्दा केही दिन पहिले नै आफ्नो जीवनको अन्त्य हुन लागेको जानकारी फेसबुकमा दिएका थिए । नोभेम्बर १९ मा संसार छाडेका श्रेष्ठले नोभेम्बर १७ मा आफू ब्रह्ममा लिन हुन लागेको संकेत गर्दै अह्म् ब्रह्मास्मी लेखेका थिए । त्यस्तै उनले आफू परिनिर्वाणमा पुगेको भन्दै ११ नोभेम्बरमा यस्तो लेखेका थिए ।
दर्जनौं पुस्तकका लेखक कविताराम नेपाल टेलिभिजनको संचालक भएर समेत काम गरेका थिए ।