४ साउन, काठमाडौं । राजसंस्था सर्वशक्तिमान रहेको वेला राजपरिवारको चाकडी र चाप्लुसी गरेर धन कमाएकाहरुले अब साहित्य सेवा गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएका छन् । शक्तिमा रहँदा चाँदनी शाहदेखि जी शाहको पछि लागेका व्यक्तिहरुले संचालन गरेको त्रिमूर्ति निकेतनले ‘प्रचण्ड’ लाई त्रिमूर्ति साहित्य सम्मान प्रदान गर्ने भएको हो । कुनै समय यिन व्यक्तिहरुले संचालन गरेको भूपालमानसिंह कार्कीको नाममा स्थापना गरेको साहित्यिक संस्थाले प्रदान गरेको पुरस्कार स्वीकार गर्दा प्रगतिशिल साहित्यकार श्यामप्रसाद शर्माविरुद्ध प्रगतिशिल लेखक संघमा प्रश्न उठाइएको थियो ।
त्रिमूर्ति निकेतनको बैठकलले प्रचण्डलाई नेपाली भाषा साहित्यमा पुर्याएको को योगदानको कदर स्वरुप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको जनाइएको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको सार्वजनिक गरिएको छ । आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री प्रचण्डलाई उक्त सम्मान प्रदान गरिने निकेतनले जनाएको छ ।
निकेतनले यो निर्णय गरेको भोलिपल्ट प्रचण्डले सम्मान तथा पुरस्कार अस्वीकार गरेको सार्वजनिक गरेका छन् । पढ्नुहोस् :
दरबारियाले दिने साहित्यिक सम्मान र पदक प्रचण्डद्वारा अस्वीकार