गायीका संगीता मेखा राईको आवाज रहेको लिलामीमा बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । साहील एल्बममा समाविष्ट उक्त गीतमा राजुबाबु श्रेष्ठको शब्द रचना तथा चर्चित संगीतकार हरि लम्सालको अब्बल संगीत रहेको छ । भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् । गीतको भाव अनुसार मायाको लिलामीलाई भिडियोमा उतार्ने प्रयत्न गरेका निर्देशक लामाले दोहोरि क्षेत्रकी सर्वाधिक चर्चित नायीका तथा मोडल पार्वती राई र चकलेटी मोडल पुष्प खड्कालाई उतारेका छन् । सन्तोष राजवाहकको कोरियोग्राफि र ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन् । भिडियोको निर्माता चन्द्र राई रहेको छन् । भिडियोमा पार्वतिले पुष्पलाई दिल खोलेर मायाको मोल गर्न आग्रह गरेकि छन् अझ भनौ लिलामीमा आउन आग्रह गरेकि छिन् ।
भिडियो













