अष्ट्रेलिया रहेर नेपाली गीतसंगीतलाई माया गर्ने गायक आशिष श्रेष्ठको आवाजमा ज्यान हाजिर छ बोलको गीत तथा भिडियो बजारमा आएको छ । सार्वजनिक गरेको छोटो समयमा निकै राम्रो दर्शकश्रोताको साथ पाएको यस गीतमा डा. कृष्णहरि बरालको उत्कृष्ट शब्द तथा हरि लम्सालको अब्बल संगीत रहेको छ । आयान म्युजिकको प्रस्तुतीकरण रहेको गीत अष्ट्रेलियामै रेकर्ड गरीएको हो। युट्युबमार्फत सार्वजनिक भिडियोले निकै राम्रो दर्शकको साथ पाएको छ । म्युजिक भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । भने भिडियोमा चर्चित तथा व्युटिफुल नायीका वर्षा सिवाकोटी र जीवनको जीवन्त अभिनयलाई देख्न सकिन्छ । भिडियोमा सम्पादन निशान घिमिरेको रहेको छ भने छायांकन अर्जुन तिवारी तथा सगुन लामाले गरेका छन् । त्यस्तै कोरियोग्राफीमा भने राजीव समर रहेका छन् ।
भिडियो हेर्नुहोस्













