यो उजाड उजा जिन्दगानी
भोली अवस्य हुन्छ खरानी
दिनपछि रात अवस्य आउंछ
जन्मेपछि अवस्य मर्नुपर्दछ
दुइदिने जिन्दगनीमा किन राख्ने वैरभाव ?
सक्छौ भने किन नछोड्ने एकआपसमा प्रभाव
बगेको खोलो फर्केर आउंदैन
गइसकेको समय कदापी फर्कदैंन
बेलामा हामी रहौं भएर सचेत
भविस्यमा नगरौ अनि पश्चाताप समेत
रोएर होइन हाँसि२ जिऔ आपसमा
दुश्मनी होइन मेलमिलाप राखौं आपसमा
जिन्दगी घामछाँया जस्तो हो !
सुखदुख त यहाँको एक रित हो !
सुखको बेला अवस्य नमातिऔ
दुखको बेला निरासा पनि नहोऔं
उतारचढाव नै एक वास्तविक जिन्दगी
कालान्तरसम्म यहि रितले चल्छ जिन्दगी
जुन अति नै अमुल्य कहलिन्छ तहाँ
सारा संसारका मानवहरु माझ जहाँ
निता जोशी श्रेष्ठ














