
कलाकार अशोकमान सिंले सिर्जना गरेको भानुभक्त आचार्यको प्रस्तुत तस्वीर लिटिल एञ्जेल्स स्कुल हात्ती वनले उपलब्ध गराएको हो । – nepaldesh.com
टुकनाथ भुसाल

कवि टुकनाथ भुसाल
हे भानु तिमी राष्ट्रका र जनका भाषा अनि ज्ञानका ।
पिता वाङ्मयका नेपाली मनका गौरव अनि शानका ।
नक्षत्रै नभका सदा गगनमा चमचम गरी चम्कने ।
तिम्रै भाव अनि प्रेरणा र बलले भाषा अघि लम्कने ।१।
पैले राम कथा रचेर सबमा भक्ति जगायौ अनि ।
रामगीता अनुवाद गरेर पछि फेर् प्रश्नोत्तरी नै पनि ।
धेरै काव्य रचेर राष्ट्रभरिमा उत्साह जो भर्दियौ ।
नेपालीपनको र लोकमनको ईच्छा पूरा गर्दियौ ।२।
वाग वैभव् गरी दान् महापुरुषले लोक्को चितायौ हित ।
धारा अमृतका प्रवाह हुन गै वगे कवितासित ।
नेपाली जन एक ठाउँ हुन गै बोल्ने र पढ्ने भए ।
छर्यौ कान्ति जसै सहस्र रविको दिन सब अँध्यारा गए ।३।
देशका कोकिल भानु आज तिमीले भाषा विशे काम गर्यौ ।
पठाए श्री रामले तिमी कनै यो पुण्य भूमि झर्यौ ।
पुग्यौ कान्तिपुरी जसै तिमी यहाँ पशुपतिले पनि ।
राखे वक्ष विशे र आशिष दिए बने कविवर भनी ।४।
विश्वामित्र वशिष्ट नारद अनि फेरि जनकले पनि ।
आशीर्वाद दिए ती वाल्मिकीजीले राम भक्त बन्नु भनी ।
तिम्रो किर्ति र यस पुग्यो जगतमा सत्कर्म ठूलो गरी ।
वन्दै आदि कवि पुग्यौ गगनमा नक्षत्रको रुपधरी ।५।
जन्मै दिने ती जननी त धन्य ।
पिता धनञ्जय पनि सवका अनन्य ।
श्री कृष्ण बाजे पनि धन्य धन्य ।
जन्मै भूमि त्यो तनहुँ मनन्य ।६।
बर्दिया बहुमुखी क्याम्पस
लक्षमणा, बर्दिया













