२५ असार, काठमाडौं । इन्डोनेसियामा सवारी साधन जाममा पर्दा १२ जनाको मृत्यु भएको छ । रमजानको समयमा भ्रमणमा निस्केका मानिस चढ्ने सवारी साधन अत्यधिक भएको र केही दिनदेखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।
जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् ।
इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।
ेइन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो ।
जबकी एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ ।














