२४ असार, काठमाडौं । वुधबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘सुल्तान’ ले ३ दिनमा सय करोडको व्यापार गरेको छ । नेपालमा पहिलो दिन नेपालमा एक करोड कमाएको सुल्तानको क्रेजमा कुनै कमी आएको छैन बरु बढ्दो छ ।
‘इद रिलिज’मा आजसम्मकै सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको छ। सलमान खान र अनुष्का शर्मा अभिनित यस फिल्मले पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो।
यस फिल्मले दोस्रो दिन ४० करोडको व्यापार गर्यो। फिल्मले शुक्रबारसम्मको ३ दिनमा सय करोडको व्यापार गरिसकेको प्रारम्भिक जानकारी निर्माण पक्षले दिएको छ ।
इदको बिदाका कारण पनि प्रदर्शनको पहिलो र दोस्रो दिन भारत र नेपालका हलहरु सुल्तान हेर्नका लागि हाउसफुल भएका थिए। नेपालका ठूला हलहरुमा यो हप्ता सुल्तानबाहेक कुनै पनि नयाँ नेपाली र हिन्दी फिल्म लागेका छैनन्। सुल्तानको एकछत्र राज भएपछि अरु फिल्म हलबाट आउट भएका हुन्।
शनिबार विदाको दिनमा नेपालमा यसले अझै ठूलो व्यापार गर्ने अनुमान गरिएको छ ।














