संगीत क्षेत्रमा एउटा संभावना बोकेका गायक रबिन्द्र लामाले नयाँ भिडियो सार्वजनिक गरेका छन् । आफ्नो एकल एल्बम रिहानमा समाबेश गरिएको बगैचाको फुल जस्तो बोलको गितको भिडियो दर्शकमाझ ल्याएका छन् ।
सन्चिता मगरको शब्द, मोहन मगरको संगीत र रोशन बान्तवाको संगीत संयोजन रहेको यस भिडियोको निर्देशन रोहित बस्नेतले गरेका छन । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा सिन्धुलीको रमणीय दृश्यलाई पनि समाबेश गरिएको छ ।
यस भिडियोमा सम्पदा बानियाँ र जीवन भट्टराईको अभियान हेर्न सकिन्छ । एल्बमका अन्य गीतको पनि क्रमश भिडियो निर्माण गरि दर्शकमाझ ल्याउने रबिन्द्रले बताए ।













