मन्दाकिनी कोइराला /जापान
२२ असार, काठमाडौं । अभिनेत्री गौरी मल्ललाई जापानमा ‘यौन दुर्व्यवहार’ गरेको आरोप लागेका अनोज शाक्यको युवतीप्रति आशक्त रहेको खुलासा भएको छ । युवती देख्यो कि टाँसिइहाल्नुपर्ने रोग को सिकार भएका शाक्यले मल्ललाई दुईपल्ट अँगालो मात्र हाल्न पाएका कारण अश्लील शब्दमा गाली गरेका थिए ।
१० दिनसम्म गौरी आफूसँगै बसेको तर आफूले उनीसँग दुईपल्ट ‘हग’ गर्ने (अँगालो मार्ने) बाहेक केही नगरेको शाक्यले दावी गरेका छन् ।
गौरी मल्लले उनलाई नराम्रो शब्दावली प्रयोग गरेर अंग्रेजीमा गाली गरेपछि शाक्यले नेपालीमै अपशब्द प्रयोग गरेको समेत स्वीकार गरेका छन् । जापानस्थित हाम्रा प्रतिनिधिसँग शाक्यले भने ‘उहाँले मलाई ‘यु ब्लडीफुल बास्टर्ड’ भनेर गाली गर्नुभयो, मैले पनि चलनचल्तीका नेपाली शब्दहरु प्रयोग गरेर गाली गरेँ ।’
तर, आफूले गौरीमाथि महिलाजन्य यौनहिंसा तथा दुर्व्यवहार नगरेको उनले गरेका छन् । गौरीले भने आफूमाथि यौनहिंसा भएको जापानमा रहेको नेपाली दूतावास र एनआरएन जापानमा उजुरी दिएकी छिन् ।
गौरीले आफूविरुद्ध उजुरी गरेपछि शाक्यले अनोजले उल्टै अब गौरीले आफूसँग माफी माग्नुपर्ने बताएका छन् ।
गौरीमाथि यौन दुव्र्यवहार गर्ने अनोजको स्वभाव भने युवती देख्यो कि टाँसिइहाल्नुपर्ने स्वभाव भएको उनको संगत गर्ने जापानस्थित नेपालीहरु बताउँछन् । उनले फेसबुकमा राखेका तस्वीरहरु हेर्दा पनि यो कुराको पुष्टि हुन्छ ।
उनले विभिन्न जापानी तथा नेपाली युवतीसँग टाँसिएर खिचेका तस्वीरहरु पनि राखेका छन् । एक युवतीसँग टाँसिएर खिचेको तस्वीरमा त अनोजले आफ्नो फोटो देखेर युवती प्रभावित भएको उल्लेख गर्दै युवती नै टाँसिन आएको उल्लेख गरेका छन् । हेर्नुहोस तस्वीरसहितको उनको स्टाटस :
अनोज केवल युवतीसँग टाँसिन चाहने मात्र नभएर युवतीको नग्न तस्वीर बोकेर सार्वजनिक स्थललमा हिँड्ने गरेको समेत पाइएको छ । युवतीले संवेदनशील स्थानमा हातले समातेको तस्वीरको व्यानर सार्वजनिक स्थलमा रमाउने ईच्छा भएका अनोज र गौरीबीच कसरी निकटता भयो र कसरी तिक्ततामा पुग्यो भन्ने विषय भने यतिवेला चासोको विषय बनेको छ ।
औद्योगिक प्रशिक्षार्थी कामदारका रुपमा जापानमा तालिम लिन जान इच्छुक नेपाली युवालाई जापान भित्र्याउने नाउँमा अनोज र गौरी एक ठाउँमा आएका थिए । तर, उनीहरुको सम्बन्ध यौन दुव्र्यवहारमा पुगेर तिक्ततामा परिणत भएको छ । नेपाली रजतपटकी भद्र अभिनेत्री गौरीसँग गौरीले के चाहेका हुन् त्यो भने भविष्यले नै बताउने छ ।




















