२२ असार, काठमाडौं । हिन्दी सिनेमा चर्चित नायिका प्रियंका चोपडाको पहिलो हलिवुड सिनेमा वेवाच को पहिलो पोस्टर सार्वजनिक भएको छ । अमेरिकी स्वतन्त्रता दिवसको अबसरमा जारी गरिएको यो पोस्टरमा प्रियंका चोपडा सिनेमा का अन्य कलाकार ड्वेन जोनसन, ज्याक एफ़्रन र डेनी ग्रेसिया का साथ देखिएकी छिन, जबकी यो सिनेमाको पहिलो टिजरमा उनलाई स्थान दिइएको थिएन ।
आउँदो वर्ष मे १९ तारिखमा विश्वव्यापी प्रदर्शन गरिने घोषणा समेत गरिएको छ । वेवाच सिनेमाका निर्देशक सेथ गोर्डन हुन् ।
-नवीन रायमाझी














