१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रकर्मीहरुलाई भोज खुवाएका छन् । ओलीले सरकार निवास वालुवाटारमा बोलाएर सीमित चलचित्रकर्मीलाई भोज खुवाएका हुन् । चलचित्रक कलाकार संघले शनिबार गरेको अवार्ड कार्यक्रमपछि ओलीले चलचित्रकर्मीलाई बोलाएर भोज खुवाएका हुन् ।
चलचित्र कलाकार संघले आयोजना गरेको तर अत्यधिक आलोचनात्मक बनेको ‘फान अवार्ड’ विजेताको सम्मानमा प्रधानमन्त्री ओलीले वालुवाटारमा दिवाभोजको आयोजना गरेका हुन्।
प्रधानमन्त्रीले गरेको भोजमा चलचित्र करिब पाँच दर्जन कलाकार सहभागी थिए । सञ्चारमन्त्री शेरधन राईको सक्रियतामा भएको भोजमा सीमित कलाकारलाई मात्रै निम्ता गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र मन्त्री राईसँग पुहँच पुर्याउने कलाकारलाई मात्रै प्रधानमन्त्रीले स्थान दिएको भन्दै थुप्रै कलाकारले गुनासो गरेका छन् ।














