३ असार, काठमाडौं । नेपाली चलचित्रकी नायिका झरना थापाले निर्देशन गर्ने नयाँ चलचित्र ए मेरो हजुर २ को मुख्य भूमिकामा अर्कै नायिकाले अभिनय गर्ने भएकी छिन् । झरनाले हालै मात्र सम्राज्ञी शाहलाई अभिनयका लागि अनुबन्ध गरेकी हुन् । सो चलचित्रका लागि नायकको भने खोजी भैरहको झरनाले नेपालदेशडटकमलाई बताइन् ।
ए मेरो हजुर २ का लागि एक वर्षपहिले नै मुम्बई गएर गीत रेकर्ड गरिएको थियो । उपयुक्त कलाकारको चयनका लागि चलचित्रको निर्माण कार्य केही ढिलो भएको र अब केही समयमै छायाङ्न थालिने झरनाले बताइन् । चलचित्रको निर्माण समेत झरनाले नै गर्न लागेकी हुन् ।














