खुम रेग्मी/युएई
केही कल्याङ-बल्याङ अनि फासफुस आवाजले मेरो निद्रा भंग भयो । बिहानिको नौ बजिसकेको रहेछ । आज टन्नै सुत्न पाएको छु एक हप्ता पछिको पर्खाइमा । सुक्रबार ! आज मेरो छुट्टीको दिन । AC को एकनासको फुस्फुसाहट अनि केही कोठे मित्रहरूको आवाज नै मलाई ब्यूंझाऊन सफल भएका थिए । झ्यालमा पर्दा लागेको छ । बाहिर केही देखिदैन सिबाय कोठाको मधुरो बत्ती । याँहा न त चराचुरुङ्गी को चिरबिर आवाज छ, न त श्रीमतीको बोली । “यस्बेला भैसक्यो ऊठ्नुस्न, खाना खाएर काममा जानु छ ” या एस्तै अरु अरु….। न त याहाँ छोराछोरीको रस्साकस्सी छ मलाई ब्यूंझाउनको लागि । छ त केबल केही बाघे साथीभाई जो दारुको नशामा लठ्ठीएर बाघको भन्दा पनि ठूलो हुंकार निकाल्छन् ।
छुट्टीको दिन, गर्नुपर्ने केही सरसफाइको काम बाहेक म संग केही योजना छैन आज । बाहिरको सडक पग्लने गर्मीसँग सार्है डराएको छु । ५०° भन्दा माथि नै हुनुपर्छ अाजको तापमान । को नै होला र नडराउने यस्तो गर्मी संग । त्यो भन्दापनि बाहिर घुम्न जाँदा पानी सम्म पनि पिउने अनुमति छैन याहाँ सार्बजनिक ठाउँहरुमा दिनको समयमा । रम्जानको पबित्र महिना मुस्लिमहरुको लागि । हामी सबै बाँधिएका छौ याहाँको संस्कृति संग त्यसैले कहि जाने हिम्मत छैन आज । कम्पनीले उपलब्ध गराईदिएको मेसमा खजा खान गएँ केबद दुईवटा चपाती (सुख्खा रोटी ) अनि केराऊको तरकारी बल्लतल्ल निलें । केराऊ अनि अालुभन्दा मसला र तेल नै बढि हुन्छ याहाँ । मनमनै सोच्दछु कि कति सस्तो छ याहाँ तेल अनि मसला । नेपालमा त श्रीमतीले तेल र मसला धेरै खानुहुन्न भनेर अड्कलेको सम्झिन्छु बिचरिलाई पुर्याउनु पर्ने भएर होला अड्कल्नु परेको । आफ्नो स्वादको खाना नखाएको पनि आज १७ महिना पार भैसकेछ । मनमनै दुखलाग्यो । बाहिर निस्के । एकजना धरानको भाईसंग भेट भयो । हामी पहिले देखिनै अति मिल्ने मान्छे । ब्रीटिस आर्मीको रिटायर्ड अफिसर को छोरा । धरानमा घर, प्रशस्त जग्गाजमिन भएको मान्छे, सरकारि कर्मचारी छन् रे श्रीमती, दाइ-भाउजू सिंगापुरमा स्थाई बसोबास, एऊटी बहिनी पनि सरकारी प्राबिधिक कर्मचारी ……..
साँझ सोलमारि (दारु अड्डा) जाने निधोका साथ ऊ संग म छुटें । केहिबेरमा अर्को एक जना पोखराको दाईलाई फोन गरें अनि भेटेर केही बेरको भलाकुसारि पछि उनी कम्पनी छाडेर नेपाल जानलागेको कुरा बताए । धेरै कामदार तर कम रोजगार भएको कारण काम पाउनै गार्हो छ अहिले मेरो कम्पनिमा । त्यसैले धेरै नैरास्यता छ साथीहरूमा । म कोठामा पुगें । अब के गर्ने त ? मनमा केही योजना छैन । त्सैले मोबाइल खोले । छुट्टीको लागि भनेर साथीहरु संगबाट मागेका केही मुभीहरु थिए, सुरु भयो फ्लीम हल मेरो लागि । अनिल कपुरको पुरानो अनि पहिलेनै हेरिसकेको भएपनि “नायक” फिलिम सुरु गरें । एक बजेछ गाँऊले साथीको फोन कल ले कलाई केन्द्रीत गर्यो,खाना खान जाने निम्तो थियो…. म संग लन्चको कुपन थिएन, साथीसँग भएकोले मलाई अफर गर्नुभएको थियो । खाना बिर्यानी, मसला र तेलको भन्डार, अनि मटन् नाम मात्रको । दुई-चार गाँस खाना अनि केही टुक्रा सलादसंगै मेरो लन्च पनि सकियो । साथीलाई धन्यवाद संगै हामी छुट्टीयौं । केहिबेरको बाँकि फिल्म सकेपछि म निदाएछु । पुर्बेली भाइको कल ले मलाई ६:३० मा ब्यूंझायो । अनि म बाहिर निस्के सप्ताहन्त मनाउन सोलमारि । १० दिर्राम तिरेपछि करिब ४कि.मि टाढा रहेको रक्सिको डिलर (Africano) सम्म पाकिस्तानि ट्याक्सिले लानी ल्याउनी काम गर्छ । हामी दुईभाई गयौ Africano. २५ दिर्राम मा Flirt Vodka (green apple flavour ) किनेर हामी फर्कियौ । बङगालि बन्धुहरु ससेज, कलेजो पाङग्रा, चिकेन फ्राई गर्न बालुवटारको मैदानमा अस्थाई चुलो बनाएर दाऊरा अनि १/२ वटा पाल बिच्छ्याएर हामीजस्तै ग्राहाकको प्रतिक्षामा थिए। फोहोरको उचित ब्याबस्थापन नहुने ठाउँ, अबैधानिक धन्दा भएको ठाउँ, प्रसासन को पिठ्यू भएकोले बाताबरण दुर्गन्धित थियो । पुर्बेली भाईलाई यस्तो ठाउँमा कसरी बस्ने यार भन्दा १/२ प्यग लगाएपछि सबकुरा ठिक हुन्छ दाइ भन्यो, हुन पनि त्यस्तै भयो । आधापाटो पाकेको पाङग्रा अनि ससेज को सितन सँगै दुई भाईले झन्डै आधा बोतल के सक्न लागेको थियौ, थाहा भयो पन्जाबि र नेपालीको लंडाई सुरु भयो रे । कारण पन्जाबिहरुले हाम्रो क्यम नजिकै गुणस्तरहिन रक्सी महँगो मुल्यमा बेच्छन् जुन नेपालीहरुले खान मन पराऊदैनन् । हामीले जस्तै Africano मा गएर ल्याँऊने गर्छन् । जस्कोकारण पन्जाबिहरुको बिजनेस चट् भयो । त्यसैको बदलामा नेपालीलाई कुटेको रहेछन् । हामिपनि भाग्नुपर्ने भयो तर हामी जानेबाटो पन्जाबिहरुको घेरामा थियो जुन लामा लामा चक्कुहरुले सुसज्जित थिए । अलि वर हाम्रो कम्पनीको गाडि आएको थियो त्यसैमा चढेर हामी भाग्न सफल भयौ ।
अाज म सँग न त परिवारका सदस्यहरु छन् न त कोहि अाफन्तनै । केही प्रदेशमा भेटिएर बनेका साथीहरु छन् जस्लाई अाँखा चिम्लिएर भरोसा गर्ने ठाँऊछैन । अाफन्त त केबल ईस्काइप या फेसबुक, सोसियल नेट्वर्कमा मात्र देख्न र सुन्न पाँऊछु मैले । तर पनि म एक्लो छैन…..। पैसा अनि सुख सुबिधा अथवा केही राम्रो जिन्दगी जिउनको लागि गरिबिले खेदाएको म, मेरो पुर्वेली भाईलाई देख्दा मनमा तृप्ती हुन्छ । ऊस्लाई के कुराको कमि छ र भौतिक सुबिधाको ?? तरपनि ऊ म सँगै छ । म जस्तै गरिब…..अनि स्वाभिमानी यश अर्थमा कि बाऊको सम्पतिको भरमा बाँच्नु नामर्द पन हो ।
पोख्रेली दाईलाई देख्दा, जब काम कमाई नै केही छैन भने किन बस्ने यो तातोमा ??? सबैलाई याहाँ पैस अनि पैसा मात्र प्यारो लाग्छ । ईन्जोए (मस्ति) त नेपालमा गएर गर्नेहो भन्छन् । तर मलाई नेपाल नै पुगिएन भने ईन्जोएमेन्ट को घिटघिटो किन राख्ने भन्ने लाग्छ । परदेशमा दलाललाई ४ लाख तिरेर अाएका हामी झट्टपट्ट कम्पनि छाड्न सक्दैनौ । म सम्झिन्छु श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाईलाई अनि जिरो कस्ट (zero cost) यदि हामिपनि फ्री मा याहाँ अाउन पाउने भए यतिसारो शोषित भएको अबस्थामा एऊटै कम्पनिमा अन्याय सहेर त बस्नुपर्ने थिएन । अनि सम्झन्छु एक दिने सि.एम. अनिल कपुरलाई । यदि नेताले चाहेमा के नहुने रहेछ र याहाँ । १५% लोकल पपुलेसन भएको यश देशमा ८५% बिदेशि छन् । सबैजना याहाँको धार्मिक अास्थालाई सहर्ष स्वईकारेका छन् । हामी याहाँहुदा कति सान्त छौ भने अाफ्नो देशमा किन हुन सकिन्न त ??? हाम्रो दारु अड्डाले जिन्दगीको अर्को पाटोलाई उजागर गर्छ । म सम्झन्छु मेरो गाउँको भट्टी अनि गोबिन्ध अनि खरर्बारि दाईलाई जाहाँ अाफ्नोपनको साथमा निर्धक्क संग कुराकानी गर्दै मनले चाहेको जति पिउनुको मज्जा । याहाँ डर अनि त्रासको बिचमा पनि ईन्जोएमेन्ट कोसिस त गरेकै छु । एकातिर पुलिसको डर, अर्कातिर पन्जाबिको डर । अाखिर हामी नेपाली याहाँको अति कडा अा-प्रबासी कानुन को पालना गर्दापनि त खुसी नै छौ त । नेपालमा अान्दोलन बन्द अनि अराजकता उत्पन्न गर्नैपर्ने के कारण छ र खै ?
अाज त मुस्किलले बाँचियो ! थ्याङक्स गड !!













