२० कात्तिक, काठमाडौं । विश्वका धेरै कमाउने कलाकार तथा मोडेलहरुका सोख अनेक किसिमका भएका पाइन्छन्। दुई छाक पेटभर खान नपाउने मानिसहरु करोडौं रहेको विश्वमा एउटै कुकुरको मूल्य लाखौं तिर्न तयार रहने सेलिव्रिटीको पनि कमी छैन । त्यस्तै एक चर्चित अमेरिकी मोडेल हुन काइली जेनर । अमेरिकी रियालिटी टिभी स्टार तथा मोडल जेनरले आफ्नो महङ्गो सोख पूरा गर्न ५० लाख नेपाली रूपियाँमा खर्च गरेकी छन्। उनले ५० हजार अमेरिकी डलर तिर्दै एउटा सानो कुकुर किनेकी छिन्।

उनीसँग यस अघि नै नार्मन,सोफिया र बेम्बी नामका तीन कुकुर छन्। उनले नयाँ किनेको कुकुरको नाम राँली राखेकी छन्। उनीसँग भएको यो सबैभन्दा महङ्गो पाल्तु कुकुर हो। – एजेन्सी













