१९ कात्तिक, काठमाडौं । अमेरिकी पपगायिका केटी पेरी युट्युबमा सर्वाधिक खोजिने सेलिब्रेटी हुन्।
उनका कतिपय गीतले युट्युबमा रेकर्ड नै कायम गरेका छन्। स्वरको मिठास त छँदैछ सेक्सी छवि, प्रभावशाली व्यक्तित्व एवं बिन्दास स्वभावका कारण संसारभर उनका करोडौं फ्यान छन्।
केटी पेरीको सुन्दरता र ग्ल्यामरस छवि उनका लागि शक्ति बनेको छ। उनको सुन्दरताको कुरा गर्दा मिलेका दाँत र लट्ठ पार्ने मुस्कानको सधैं चर्चा हुने गर्छ।केटी सानो हुँदा उनका १३ वटा दाँतमा क्याविटिज भएको थियो।
डेन्टिसकहाँ गएर जाँच गराउँदा ुतिमीलाई नयाँ दाँतको खाँचो छु भनेपछि उनी निकै निराश बनेकी थिइन्। त्यसपछि दाँतमा पुन समस्या आउला भनेर हेरचाह गर्नुका साथै धेरैपटक ब्रस गर्न थालेकी हुन्।
अहिले उनी दैनिक छ पटकभन्दा बढी दाँत ब्रस गर्छिन्। यसरी दैनिक धेरै पटक दाँत ब्रस गर्ने बानी गायिका ब्रिट्नी स्पेयर्सबाट प्रभावित भएर सिकेको उनले खुलासा गरेकी हुन्।
‘मलाई ब्रिट्नीको जस्तै सफा र चम्किलो दाँत मन पर्छ। म उनको म्युजिक र व्यक्तित्व दुवैबाट प्रभावित छुु, उनले भनेकी छन्।

व्यस्तताका कारण यसरी दैनिक धेरैपटक दाँत ब्रस गर्नु सजिलो छैन तापनि सुन्दर हुन सफा लुगामात्रै होइन, चम्किलो दाँत पनि आवश्यक पर्छ भन्ने सन्देश दिन आफूले यसो गर्ने गरेको उनको भनाइ छ।

गायिका केटी जहाँसुकै जाँदा पनि उनको झोलामा दाँत माझ्ने ब्रसका बिटा नै बोक्ने गर्छिन्। ‘विश्वका जुनसुकै ठाउँमा गए पनि म झोलामा २०-२५ वटा ब्रस बोक्न भुल्दिनँ’ उनले भनेकी छन्। -एजेन्सी















